कांग्रेसले महाधिवेशन नसार्ने, आज निर्वाचन अधिकृतलाई प्रशिक्षण

  • प्रकाशित मिति : २०८३ भाद्र २, मंगलवार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसले १५औँ महाधिवेशन पूर्वनिर्धारित असोज १६ देखि १९ गतेसम्मनै गर्ने निर्णय गरेको छ। नौ दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति यथावत् राख्दै तल्ला तहका अधिवेशनको कार्यतालिका भने केही हेरफेर गर्ने जनाएको छ।

महाधिवेशनको तयारीस्वरूप केन्द्रीय निर्वाचन समितिले आज निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदैछ। सभापति गगन थापाले महाधिवेशन निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।



थापाले तोकिएको समयमा जिल्ला तथा क्षेत्रीय अधिवेशन नगराउने पदाधिकारीको जिम्मेवारी खोसेर अर्को व्यक्तिलाई जिम्मेवारी दिइने चेतावनीसमेत दिएका छन्। साथै, पार्टीका सबै पक्ष र विचार समूहलाई समेटेर महाधिवेशन सम्पन्न गर्ने प्रयास भइरहेको उनले बताएका छन्।